Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मधेसी मोर्चा अब के गर्छ ? अप्रिय घटना हुनसक्ने चेतावनी (भिडियोसहित)


0
Shares

तर, मधेसमा निर्वाचन भने कुनै हालतमा हुन नदिने भन्दै मोर्चाले कुनैपनि बेला अप्रिय घटना हुनसक्नेसम्मको चेतावनी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मधेससँग अनुदार रहेको भन्दै ओली नेतृत्वको सरकार ढालेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सघाएको मधेसी मोर्चा सत्ता गठबन्धनबाट बाहिरिएसँगै आन्दोलनको तयारीमा छ ।

मधेसी मोर्चाले मधेसमा आन्दोलनको तयारी गरे पनि वार्ता र संवादलाई भने निरन्तरता दिने बताइरहेको छ ।

मोर्चा वर्तमान सत्ता गठबन्धन र विपक्षी एमालेसँग चिढिँदै गएको छ । जसले गर्दा आगामी वैशाख ३१ का लागि तय भएको स्थानीय तहको निर्वाचनको भविष्यबारे अन्यौल बढ्दो छ ।

सत्तारुढ दल कांग्रेसका मधेसी सांसदहरुलेसमेत संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन हुन नसक्ने बताइरहेका छन् । उनीहरुले नेतृत्वलाई पनि यसमा सहमत हुन दबाब दिइरहेका छन् । यसले गर्दा पनि अब निर्वाचनको वातावरण के हुन्छ भन्ने आशंकामा बल पुर्‍याइरहेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि वार्ता र संवाद कायम राख्ने बताउँछन्, मोर्चाका संयोजक एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।

सरकारले सीमांकनबाहेकका विषय संविधान संशोधन गरेर जाने बताउँदै गर्दा समर्थन फिर्ता लिएको मोर्चाले स्थानीय तहको निर्वाचन गरेर देखाउनसमेत चुनौती दिएको छ ।

निर्वाचनका सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने भन्दै संयोजक ठाकुरले मधेसमा जबर्जस्ती निर्वाचनका कार्यक्रम सुरु गरिए अप्रिय घटना हुनसक्ने चेतावनी दिन्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्