२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


खाडी मुलुकबाट नेपाल आउने जहाजको रुट परिवर्तन


0
Shares

काठमाडौं, फागुन १७ । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।

पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए । नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए । –कान्तिपुर दैनिकबाट