Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पुरातात्विक महत्वका ऐतिहासिक कुनै पनि भवन नभत्काउन निर्देशन


0
Shares

प्राधिकरणको शुक्रबार बसेको बैठकले सबै पुरातात्विक सम्पदा जोगाउने उद्देश्यले पुरातत्वविद्, संरक्षणविद् र वास्तुविदको टोलीलाई अध्ययन गर्न खटाउने निर्णय पनि गरेको छ ।

पुरातत्व विभागले भत्काउन अनुमति दिएका नेपाल राष्ट्र बैंक थापाथली, सिंहदरवारस्थित संसदको ग्यालरी भवन, श्रीमहल, बबरमहल, केशरमहल, केन्द्रीय कानुन पुस्तकालय, बाल मन्दिर, जुद्ध बारुण यन्त्र, हरिहरभवन तत्काल नभत्काउन प्राधिकरणले भनेको हो । तत्काल हावापानी र अरू किसिमका प्रभावबाट जोगाएर कसरी राख्न सकिन्छ, त्यसतर्फ ध्यान दिन शहरी विकास मन्त्रालय र पुरातत्व विभागसहित सम्बन्धित निकायलाई आग्रह गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले जानकारी दिए ।

यसअघि, महाभूकम्पका कारण धराशायी बनेको र रेट्रोफिटिङ गर्नसमेत असम्भव रहेको भन्दै सिंहदरबारभित्रको मूख्य भवनसहितका उपत्यकाका झन्डै एक दर्जन विशेष महत्वका सम्पदाजन्य दरबारहरु तत्काल भत्काउन शहरी विकास मन्त्रालयले सुझाव दिएको थियो । तर, उक्त प्रतिवेदन र सुझावमा जनस्तरमा चर्को आलोचना भएपछि सिंहदरबारको संरचना नभत्काई पुनर्निर्माण गर्न अध्ययन थालिएको छ ।