
काठमाडौं, फागुन १६ । साना किसान सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
‘साना किसानको समृद्धि : कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ आयोजित दुईदिने सम्मेलनमा विभिन्न ६९ जिल्लाका साना सहकारीका प्रतिनिधिसहित करिब १२ सयजनाको सहभागिता रहेको आयोजक साना किसान विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
साना किसानहरुमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले साना किसान सम्मेलन आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम कोइरालाले बताए ।
सम्मेलनले कृषिमा प्रविधिको प्रयोगलाई जोड दिइ आधुनिकीकरण गर्न सहयोग गर्ने आयोजकको विश्वास छ ।
सम्मेलनमा विभिन्न १३ ओटा विषयमा कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्