८ असार २०८१, शनिबार | Sat Jun 22 2024


‘निर्वाचन सम्पन्न गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ’


0
Shares

                                                                                        फाइल फोटो
नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले शनिबार आयोजना गरेको ‘स्थानीय निर्वाचनमा क्रियाशील सदस्यले खेल्नुपर्ने भूमिका विषयक’ अन्तरक्रियामा उनले भने–‘स्थानीय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न सक्दैन ।’

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. महतले ‘निर्वाचन सम्पन्न गर्न आर्थिक, प्राविधिक, प्रशासनिकरुपमा निकै चुनौतीपूर्ण छ, यसलाई सम्पन्न गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्छ र यस कार्यमा सरकार जुटिसकेको पनि छ’–भने ।

‘निर्वाचनलाई सम्पन्न गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ’–उनले भने–‘स्थानीय तह हिजोको गाविसजस्तो कमजोर नभइ विकेन्द्रीकरणको सिद्धान्तअनुसार संविधानमै शक्तिशाली बनाएको छ ।’

नेता महतले ‘स्थानीय निकायमा जाने व्यक्ति क्षमतावान् हुनुपर्छ, नेताको कोटको खल्तीबाट होइन, कार्यकर्ता र जनताले रुचाएको व्यक्तिमात्र जानसक्छ’ भन्दै ‘कांग्रेसभित्र अहिले पनि केहि असन्तुष्टि छ, ती असन्तुष्टिलाई अन्त्य गरी अब देशभर कांग्रेसमय बनाउनुपर्छ’–भने ।

कांग्रेस बनेपा नगरसभापति राम जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सभासद् तथा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे, कांग्रेस काभ्रेका समापति मधु आचार्य, उपसभापति अच्युत पौडेल, नेपाल महिला संघ काभ्रेका सभापति शुभलक्ष्मी मानन्धर, नेपाल सांस्कृतिक संघ काभ्रेका सभापति हरि कर्माचार्यलगायतले नेपाली कांग्रेसलाई जिताउन सबै लागिपर्नुपर्नेमा जोड दिए । रासस