
वीरगन्ज, फागुन १६ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्रको जंगलमा रुख काट्न सुरु भएको छ ।
भारतको मोतिहारीबाट आउने पाइपलाइनको भारततर्फको काम सम्पन्न भएको भएपनि नेपालतर्फ निकुञ्जका कारण काम रोकिएको थियो ।
मन्त्रिपरिषदको निर्णय आएलगतै काम सुरु भएको आयोजनाका प्रमुख प्रदीप यादवले जानकारी दिए ।
४५ दिनभित्र सबै रुख काटिने र आगामी वैशाखबाटै पाइपलाइन सन्चालनमा आउने बताइएको छ ।
निकुञ्जभित्रको ९ किलोमिटर क्षेत्रका साना–ठूला गरी करिब १४ हजार रुख काटिने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्