Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तुलादानको रकम उच्चमाविलाई


0
Shares

नयाँगाउँ, अरौंदी–१ का स्वर्गीय मनिराम पोख्रेलका माइला छोरा हिमनाथ र बुहारी विष्णुकुमारीले आफ्नो चौरासीमा तुलादानबाट जम्मा भएको रकम शनिबार नयाँगाउँ उच्च माध्यमिक विद्यालयको अक्षयकोष वृद्धिका लागि दिएका हुन् ।

हिमनाथ ५० तथा विष्णुकुमारी ५५ किलोग्राम तौलका छन् । १०५ किलो तौल बराबर जम्मा भएको १८ हजार रुपैयाँ विद्यालयका प्राचार्य यज्ञप्रसाद गौतमलाई हस्तान्तरण गरिएको उनीहरुका काइँला छोरा प्रकाशले जानकारी दिए ।

यसअघि, नयाँगाउँमा सन्चालित एम्बुलेन्सका लागि पनि पोख्रेल परिवारले सहयोगी भूमिका खेलेको थियो ।