
काठमाडौं, फागुन १६ । थाइल्यान्डमा सम्पन्न आइसीसी महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत् एसिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली बिहीबार अपराह्न स्वदेश फर्किएको हो ।
बुधबार बैंककमा सम्पन्न छनोटमा उपविजेता बनेपनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
७ राष्ट्र रहेको छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो ।
यस्तोमा आयोजक शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो ।
छनोटमा नेपाल थाइल्यान्डसित पराजित भएको थियो भने बाँकी सबै टिमलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्