१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमालेले प्रदेश नम्बर–२ का जिल्लामा पनि सभा गर्ने


0
Shares

पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सन्चालन गर्ने भएको हो ।

गत फागुन २१ गते झापाबाट सुरु भएको सो पार्टीको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा हिंसात्मक घटना भएपछि मध्यतराईका जिल्लाका कार्यक्रम स्थगन भएका थिए ।

अभियान यही चैत ५ गते कन्चनपुरमा समापन भएको थियो । रासस