४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


जाडोमा बेंसी झारिएका भैंसीगोठ गर्मी बढेसँगै हिमाली क्षेत्रतर्फ सारिदैं


0
Shares

लमजुङका गाउँबस्ती नजिकैका खेत र डाँडाहरुमा राखिएका भैंसी गोठ लेकतर्फ सारिदैं छ । पशुपालक कृषक आफ्ना बस्तुभाउसहित जाडोमा बेंसी झर्ने र गर्मी लागेपछि लेक उक्लने गर्दछन् ।

बेंसी झरेको गोठ घनपोखराको बेंसी, सिम्पानी, घलेगाउँ, तगैडाँडा, प्रारेखर्कहुँदै माछापुच्छ्रेको फेदी यिङ्खु लेकसम्म लग्ने गरिन्छ । घुम्ती भैंसीगोठबाट घ्यू, पाडापाडी र माउ भैंसी बेच्दा बर्षमा ८ लाखसम्म आम्दानी हुने स्थानीय पशुपालक कृषक बताउँछन् ।

यसैबीच, किसानहरुले भैंसीगोठ सुधारका लागि कार्यक्रम ल्याउन माग गरेका छन् । यससम्बन्धी योजना नहुँदा किसानले घुम्ती भैंसी गोठबाट घ्यू मात्र उत्पादन गर्दै आएका छन् ।