
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका चार नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए ।
सोअनुसार भक्तपुरमा १७, मध्यपुरथिमिमा १७, सूर्यविनायक २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
कार्यालयले निर्वाचनका लागि आवश्यक कर्मचारीको लगत संकलन र तालिमको व्यवस्थापनका लागि तयारी सुरु गरेको उनले जानकारी दिए ।
जिल्लामा ८३ हजार दुई सय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष मतदाता छन् । रासस
प्रतिक्रिया दिनुहोस्