
महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ठगीका मुख्य योजनाकार दोलखाका सुरेश केसी, काभ्रेका विजय लामा दोङ, काठमाडौंका रोमन महर्जन, अभिषेक नकर्मी, अनुश नकर्मी, ललितपुरका केवलप्रताप राणा र भारतीय नागरिक नदिम खान र अभिषेक पाण्डे रहेका छन् ।
उनीहरुले काठमाडौं उपत्यका तथा भारतमासमेत ठूला–ठूला उद्योगी–व्यपारी तथा व्यावसायिक प्रतिष्ठानहरुमा लेनदेनका लागि सन्चालनमा राखिएका ‘पोस मेसिन’मा कार्ड ‘स्वाइप’ गरी रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ ।
मुख्य योजनाकार केसी र आइटी इन्जिनियरसमेत रहेका भारतीय नागरिक पाण्डेले डेबिट, क्रेडिट, सेक्युरिटी, प्रिपेड र ब्ल्यांक कार्डहरुको किर्तेगरी करोडौं रकम चोरी गरेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले ५० देखि ५ सय अमेरिकी डलर तिरेर ‘विट क्वाइन’ नामको पासवर्ड किनेर बैंक कार्डहरु बनाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
भारतको कपडा पसलबाट ३ लाख, पोखराको टिका रिर्सोटबाट २ करोड, काठमाडौंको क्षेत्रपार्टीस्थित डिसोभिनियरबाट ३० लाख निकालेको जनाइएको छ ।
यस्तै, चाबहिलको चादनी ज्वैलर्सबाट ४७ लाख, भक्तपुरको थान्का पसलबाट ५४ लाख र महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ निकालिसकेको पनि प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले उपत्यकाका विभिन्न क्यासिनोहरुमा रहेका स्वाइप मेसिनबाट प्रत्येक दिन ५० लाख निकाल्ने योजना बनाएको पाइएको पनि प्रहरीले जनाएको छ ।
अभियुक्तहरुबाट ल्यापटप, विभिन्न कार्डहरु, पोस मेसिन र म्याग्नेटिक कार्डहरुसमेत बरामद भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्