फाइल फोटो
सर्वोच्चको उक्त आदेशमा सिलवाललाई महानिरीक्षक नियुक्त गर्न सिधा आदेश नभएपनि फैसलाको ‘पेटबोली’मा स्पस्टसँग उनी नै महानिरीक्षकमा नियुक्तिका लागि योग्य व्यक्ति भएको उल्लेख छ ।
१० पृष्ठ लामो १७ बुँदे आदेशको १७औं बुँदामा डीआइजी जयबहादुर चन्दको नियुक्ति बदर हुने ठहर गर्दै ‘बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्येका योग्यतम तथा विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा प्रतिस्पर्धीहरुमध्ये औसत उच्चतम अंक प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नू/गराउनू’–भनिएको छ ।
यसअघि, सोही आदेशको १६औं बुँदामा ४ वर्षको कुल औसत अंक हेर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्ति नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको स्पस्ट गरिएको छ ।
यस्तै, आदेशमा कार्यसम्पादनमा सबैभन्दा बढी अंक प्राप्त गरेका व्यक्तिलाई छोडेर चौथोक्रमका व्यक्तिलाई बढुवा गर्नुबाट निर्णयकर्ताको स्वेच्छारिता प्रमाणित भएकोसमेत उल्लेख गरिएको छ ।
त्यतिमात्र नभएर आदेशमा नवराज सिलवाललाई बढुवा नदिइ जेष्ठता र कार्यक्षमता मूल्यांकनसमेतका दृष्टिले पछिल्लो वरीयताक्रममा रहेका व्यक्ति जयबहादुर चन्दलाई बढुवा गर्ने गरी भएको मन्त्रिपरिषदको निर्णय त्रुटिपूर्ण र कानुन प्रतिकुल रहेकोसमेत जनाइएको छ ।
यो पनि पढ्नुहोस्










प्रतिक्रिया दिनुहोस्