२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


पाकिस्तानमा जारी पिपिएलमा सन्दीपको उत्कृष्ट बलिङ


13
Shares

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट बलिङ गरेका छन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् ।

टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् ।

सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए । 

दुबईमा जारी (पिपिएल)अन्तर्गत आजको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए ।

छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए ।

सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए । अहिले सन्दीपको लाहोर कलन्दर्स क्लबले क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध ब्याटिङ गरिरहेको छ ।

यसअघि यही फागुन १० गते भएको पहिलो खेलमा सन्दीपले मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए ।