पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी १७ औं आहा रारा गोल्कडपको फाइनल प्रवेश गरेको छ ।
टाइब्रेकरमा एपीएफ क्लबलाई ४–२ को गोल अन्तरले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिएको थियो ।
खेलमा थ्रीस्टारका अनन्त तामाङ म्यान अफ दी म्याच घोषित भए ।
बिहीवारको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र क्यामरुनको डफिन्स टिमबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्