
काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को विषयमा छलफल गर्न ‘विज्ञ समूह (टिम अफ एक्सपर्ट)’ को तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ ।
बैठकमा नेपालको नेतृत्व जलतथा उर्जा आयोग सचिवालयका सचिव देबेन्द्र कार्की र केन्द्रिय जल आयोग भारतका अध्यक्ष एस मसुदले गरेका छन् ।
बैठकमा दोस्रो बैठकको समीक्षा, डिपिआरमा उठेका प्रश्नलगायत विषयमा छलफल भईरहेको उर्जा मन्त्रालयका प्रवक्ता प्रविन अर्यालले जानकारी दिए ।
डिपिआरबारे आयोजना निर्माण गर्न गठित पञ्चेश्वर विकास प्राधिकरण, नेपाल र भारतले २१ भागमा ५ सय ७५ बुँदामा प्रतिक्रिया जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्