१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


बेलायतमा ल्यापटप,ट्याबलेट बोकेर विमान चढ्न नपाइने


0
Shares

अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका विद्युतीय सामग्री राखेर विमान चढ्न नपाउने नियम लागु गर्न लागेको हो ।

बेलायतले टर्कीबाट विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बीबीसीले जनाएको छ ।

स्मार्टफोनभन्दा ठूलो आकारका इलेक्ट्रोनिक्स सामान बोकेर विमान चढ्न नपाउने नियम अमेरिकाले लागु गरेलगतै बेलायतले पनि यस्तै नियम अनुसरण गर्न लागेको हो ।

अब टर्की, लेबनान, जोर्डन, इजिप्ट ट्युनिसिया र साउदी अरेबियाबाट हुने उडानमा यात्रुले ल्यापटपसहितका सामान बोक्न पाउने छैनन् । बेलायतको प्रतिबन्ध विभिन्न १४ एयरलाइन्समा लागु हुने जनाइएको छ ।

अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने छन् ।

टर्की सरकारले भने प्रतिबन्ध गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

उता, क्यानडाले पनि विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न नपाउने नियम लागु गर्ने तयारी गरेको बताइएको छ । (एजेन्सी)