१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


१२ औं एचआर मिट फागुन ३० देखि


0
Shares

काठमाडौं । मानव संशाधन पूँजीलाई विकसित एवं सशक्तिकरण गर्ने लक्ष्यका साथ १२ औं संस्करणको मानव संशाधन भेला आगामी फागुन ३० र चैत्र १ गते हुने भएको छ ।

यस वर्षको एचआर मिटको नारा ‘प्रविधिको युगमा मानव संशाधन’ तय गरिएको छ ।

एचआर मिट आयोजक ग्रोथ सेलर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

दुई दिने सम्मेलनमा मानव संशाधनका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले बताए ।

तीन सय भन्दा बढि मानव संशाधन पेशाकर्मी सहभागी हुने एचआर मिटमा तीन भिन्न विषयमा छलफल हुने जनाइएको छ ।