
काठमाडौं । बुधबार शेयर बजार नगन्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले सकारात्मक रहेर ११ सय ५ कायम भयो ।
यस दिन आधा भन्दा बढीजसो समूह सकारात्मक रहेसंगै नेप्से हरियो रहेको हो ।
जीवन बीमा, निर्जीबन बीमा, होटल, वाणिज्य बैंक, अन्य र जलविद्युत समूह हरियो रहे भने अरु ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६८ कम्पनीको ८ लाख ९ हजार कित्ता शेयर २२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्