२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘अझैपनि १० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य’


0
Shares

बुधबार राधजानीमा पत्रकार सम्मेलन गरी समितिले भूकम्पले विद्यालयहरु भत्किएका कारण अझैपनि १० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य रहेको जानकारी दिएको हो ।

भूकम्पका कारण ३ हजार २ सय ९९ ओटा विद्यालय भवन पूर्णरुपमा भत्केकोमा तिनीहरुको पुनःनिर्माण अझैसम्म नभएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले बताए ।

सरकारले अझैपनि बेवास्ता गरे अभिभावकहरुसमेतलाई साथमा लिएर आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी पनि सो समितिले दिएको छ ।