
फाइल फोटो
सो पार्टीद्वारा बुधबार विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधान कार्यान्वयनको पहिलो सर्त स्थानीय तहको निर्वाचन भएकाले त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष गच्छदारले मधेसी मोर्चालगायत असन्तुष्टपक्षलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
उनले भने–‘सरकारले प्रस्तुत् गरेको संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित भएमात्र निर्वाचनको वातावरण बन्नसक्छ ।’
‘मधेसी, थारु, आदिवासी जनजातिको मागलाई सम्बोधन गर्न मधेसमा तीन र पहाडमा पाँच प्रदेश बनाउन सक्नुपर्दछ’–अध्यक्ष गच्छदारले भने–‘‘प्रमुख राजनीतिक दलहरू आफ्नो निर्णय र अडानमा बस्न नसकेकाले मुलुकमा राजनीतिक स्थिरता आउन नसकेको र गतिरोध बढ्दै गएको छ ।’
उनले मुलुकको विद्यमान समस्या निकासका लागि प्रमुख राजनीतिक दललाई दूरदर्शी निर्णय गर्न र मधेसी दललाई पनि अनावश्यक अडान नलिन आग्रह गरे ।
सम्मानजनक स्थिति बने नेपाली कांग्रेससँग एकीकरण हुनसक्ने बताउँदै अध्यक्ष गच्छदारले भने–‘एकीकरणको अवस्था नभएपनि निर्वाचनका लागि समीकरण हुनसक्ने सम्भावना बढेर गएको छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्