१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


देशभरका सडकहरुको निर्माण तिब्र रुपमा भइरहेको छ : मन्त्री महासेठ


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुवर्षिय आयोजनाहरुमा संघीय सरकारले काम गर्दा छिटो हुने भएपनि प्रदेश सरकारहरुको असहमतिले तल्ला तहलाई नै आयोजना दिनुपरेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास समितिको बैठकमा बोल्दै उनले सबै सडकहरु निर्माणको काम तिब्र रुपमा भइरहेको बताए ।

मन्त्री महासेठले यस वर्ष मात्र ९२ पुल बनाइएको भन्दै अर्को वर्ष तीन सय पुल बनाउने लक्ष्य रहेको बताए ।

उनले तीन सय विद्युतीय बस किनेर संचालन गर्ने तयारीमा रहेको जानकारी दिए ।

मन्त्री महासेठले हुलाकी राजमार्गको ५ सय ४४ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का लाग्ने प्रक्रियामा रहेको बताए ।

बैठकमा सांसदहरुले विकास निमार्णको काम सुस्त भएको भन्दै प्रभावकारीता बढाउन आग्रह गरेका थिए ।