रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल तीन दिने औपचारिक भ्रमणमा नेपाल आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।
चिनियाँ रक्षामन्त्री चाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्नेछन् ।
यसैगरी चाङले रक्षामन्त्री खाँणसँग आजै रक्षा मन्त्रालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको अवलोकन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने चाङले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् ।
मन्त्री चाङले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग भने शुक्रबार भेटवार्ता गर्नेछन् । शुक्रबार नै मन्त्री चाङले सैनिक मूख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोग बारेमा छलफल हुने रक्षा मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्