Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मोरङमा महिलासम्बन्धी मुद्दाको चाप बढ्दो, सम्बन्ध विच्छेद गर्ने धेरै


0
Shares

पछिल्लो समय अदालतमा दर्ता हुने कूल मुद्दाको ६० प्रतिशत महिलासम्बन्धि हुने गरेको मोरङ जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालत मोरङका अनुसार अहिले सम्बन्ध विच्छेद, नाताकायम, घरेलु हिंसा, मानव बेचविखन तथा ओसार पसार, जबरजस्ती करणी र बोक्सीको आरोपलगायतका महिलासम्वद्ध मुद्दामा वृद्धी भएको हो ।

जसमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म महिला सम्बन्धि १ हजार १ सय ४९ मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् ।

महिला प्रतिवादी भएका ६ सय ३३ र महिला पक्षका ५ सय ४१ मुद्दा छन् । जसमा सम्वन्ध विच्छेदका मात्र ६ सय १९ वटा रहेको जिल्ला अदालत मोरङले जनाएको छ ।

यस वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा मोरङ अदालतमा २ हजार २ सय ८१ मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मोरङमा दैनिक ९ वटा इजलाश सञ्चालनमा छन् ।