२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरी घटनाको स्थलगत अध्ययन थालियो


0
Shares

नेकपा एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रिएकाहरुविरुद्ध प्रहरीले गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

घटनाको अध्ययनका लागि सांसद मोख्तार अहमदको नेतृत्वमा सांसदहरुसम्मिलित टोली बिहीबार सप्तरी पुगेको हो ।

टोलीले घटनास्थल, पीडित परिवार, प्रत्यक्षदर्शी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग घटनाबारे जानकारी लिएको छ ।

सप्तरीका सुरक्षा प्रमुख र घटना हुँदाका बखत तैनाथ सुरक्षा अधिकारीसँग पनि जानकारी लिइने टोलीका संयोजक सांसद अहमदले जानकारी दिए ।