Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


संवैधानिक इजलास गठन गर्न सर्वोच्चको आदेश


0
Shares

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गरेका थिए । संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भएको थियो ।

त्यसपछि बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन ।

संवैधानिक इजालस न्याय परिषद्ले गठन गर्ने व्यवस्था रहेको छ । रासस