रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा १९ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै बिहीबारै तीनदिने नेपाल भ्रमणकाक्रममा काठमाडौं आइपुगेका चाङले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको एक चीन नीतिको प्रतिबद्धता दोहोर्याएका थिए ।
यस्तै, प्रधानमन्त्री दाहालले चीनको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’मा पनि नेपाल साझेदार बन्न इच्छुक रहेको बताएको जनाइएको छ ।
सो अवसरमा चिनियाँ रक्षामन्त्री चाङले ताइवान र तिब्बत मामिलामा नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्