Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु


0
Shares

नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई गैँडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । (रासस)