काभ्रेबाट स्वर्गद्वारी जानेक्रममा बा८च १५६१ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
स्वर्गद्वारीनजिकै रुमाले भन्ने स्थानबाट करिब १५० मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये पाँच महिला र एक पुरुष रहेका छन् । दुर्घटनामा दुई महिला र सवारीचालक गरी तीनजना घाइते भएका छन् ।
मृत्यु हुने ललितपुर महानगरपालिका–१४ तिखीदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दीक्षा, पद्मा र दिया छन् ।
त्यस्तै, सोही ठाउँका सुनीता श्रेष्ठ र श्रृष्टि खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
घाइते हुनेमा सवारीचालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
जिपमा ९ जना सवार थिए ।










प्रतिक्रिया दिनुहोस्