२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


पाकिस्तानी वायुसेनाको लडाकु विमान भारतीय क्षेत्रमा


0
Shares

इस्लामावाद, फागुन १५ । भारतीय क्षेत्रमा पाकिस्तानी वायुसेनाको विमान प्रवेश गरेको छ । बुधबार बिहान भारत प्रशासित कश्मीरको पुंछ र रजौरी क्षेत्रमा पाकिस्तानी वायुसेनाको विमान प्रवेश गरेको हो ।

समाचार एजेन्सी पीटीआइका अनुसार दुवै स्थानमा पाकिस्तानी वायुसेनाको विमानले बम खसालेको छ । भारत सरकारका तर्फबाट भने यसको पुष्टि भएको छैन ।

भारतीय शीर्ष सैन्य अधिकारीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएअनुसार पाकिस्तानी लडाकु विमान बुधबार बिहान राजौरी जिल्लाको नौशेरा क्षेत्रमा भारतीय हवाई क्षेत्र उल्लंघन गर्दै प्रवेश गरेका थिए । भारतीय विमानले पाकिस्तानी विमानलाई लखेटेर पाकिस्तानी सीमा क्षेत्रमा पुर्‍याएको ती सञ्चारमाध्यमले जनाएका छन् ।

घटना लगत्तै श्रीनगर विमानस्थलमा व्यावसायिक विमान सेवा निलम्बन गरिएको छ । (एजेन्सी)

यो पनि पढ्नुहोस्

भारतीय वायुसेनाको विमान दुर्घटना