अंग्रेजी माध्यमको पढाई र कम्प्युटर शिक्षा सञ्चालनका लागि विद्यालयले आफ्नो रजत महोत्सवको अवसर पारेर अक्षयकोष स्थापना गरेको हो ।
तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन र कम्प्यूटर शिक्षा संचालनका लागि ४६ लाख बढी रुपैयाँ संकलन भएको छ । विद्यालयले आफ्नो रजत महोत्सवको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न आग्रह गर्दै अक्षयकोष संकलन अभियान चलाएको थियो ।
सो अभियानमा विद्यालयका शिक्षकहरु, अभिभावक, संस्थापक तथा शिक्षाप्रेमीहरुबाट सहयोग पुगेको छ । हालसम्ममा ४६ लाख ७० हजार बढी रकम संकलन भइसकेको र यो क्रम निरन्तर रहेकाले ५० लाखसम्म पुग्ने प्रधानाध्यापक जयप्रकाश ईङनाम बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।










प्रतिक्रिया दिनुहोस्