३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तीन करोडभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रासहित चार थाइ महिला पक्राउ


0
Shares

ती महिलाहरुबाट ३ करोडभन्दा बढी नेपाली रुपैयाँ मूल्य बराबरको विभिन्न देशका विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई लाख ८६ हजार एक सय ६२ अमेरिकी डलर, दुई लाख ७३ हजार एक सय ८० भारतीय रुपैयाँ र ४६ हजार ८ सय थाइ भाट बरामद भएको छ ।

शुक्रबार बिहान थाइ एअरवेजबाट थाइल्यान्ड जानेक्रममा विमानस्थलमा चेकजाँच गर्दा सो मुद्रा बरामद गरिएको हो ।

उनीहरु चारैजनाले आफूहरु भिक्षुणी भएको र भारतको बोधगयामा बौद्धस्तुप र अस्पताल बनाउन नेपालमा चन्दा संकलनबाट उठेको रकम लैजान लागेको बताएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरु पटक–पटक नेपाल आउने–जाने गरेको खुलासासमेत भएको छ ।