१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा


0
Shares

रसुवा, फागुन १५ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ ।

१४.८ मेगावाट क्षमताको आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भइसकेको हो ।

त्यस्तै ४५० मिटर पेनस्टक पाइप राख्नुपर्नेमा ४० मिटर पाइप राखिएको आयोजनाले जनाएको छ । सन् २०१९ डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ ।

अहिले आयोजनामा पावर हाउस निर्माणको काम भइरहेको छ । आयोजनाको २०६८ असोज २३ गते पीपीए भएको थियो ।

२०७६ असोजमा परीक्षण उत्पादन सुरु हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ ।

आयोजना २०७२ साल साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । आयोजनाको पछिल्लो पटक थपिएको म्यादअनुसार २०७६ पुस १५ भित्र उत्पादन सुरु गरिसक्नुपर्ने छ । आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ ।