Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पशु बलि निषेध गर्न माग, भगवती मन्दिरमा धर्ना


0
Shares

सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा विरोध गरिएको हो ।

प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले सहयोग गरेको छ ।

समाजका अध्यक्ष विकेश श्रेष्ठले मन्दिरमा गरिने पशु हिंसाले सर्वसाधारण मानिसको मनमा चोट पु¥याउने भएकाले त्यसमा प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिए ।

उनले नेपालमा पशु बलि गर्नेमा देशको कुल जनसङ्ख्याको एक प्रतिशत पनि नरहेको जिकिर गर्दै शान्ति स्थापनाका लागि प्राणी हिंसा बन्द गरिनुपर्नेमा जोड दिए ।

विसं २०७२ जेठ १६ गते दक्षिणकालीबाट सुरु भएको सो अभियान निरन्तर सञ्चालन गरिने बताइएको छ ।

देशभर रहेका बलि चढ्ने करिब एक हजार मन्दिरमा धार्मिक गतिविधि गरी अभियान पुर्‍याइने अभियानकर्मी दुर्गानाथ दाहालले जानकारी दिए । रासस