Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


राणी सती सेवा संघद्वारा काठमाडौंमा विभिन्न देवताको प्रतिमासहितको झाँकी


0
Shares

हनुमानढोकाबाट सुरु भएको र्‍याली कमलपोखरी पुगेर समापन भएको थियो ।

र्‍यालीमा गणेश, शिव, हनुमान, श्याम बाबा, दुर्गा माता, राणी सती दादीको प्रतिमासहितको झाँकी निकालिएको थियो । जसमा ५ सय ५१ जना महिलाले कशलयात्रा गरेका थिए ।

राणी सती सेवा संघको रजतजयन्तीमा सहभागी हुन भारतबाटसमेत ३५० जना भक्तजन नेपाल आएका छन् भने नेपालका ३५ सय मारवाडी समुदायका मानिस सहभागी छन् ।

संघले शनिबार र आइतबार विभिन्न कार्यक्रम गरेर रजनजयन्ती मनाउँदै छ । कार्यक्रमका लागि राणी सती सेवा संघ काठमाडौंले कमलपोखरी सफा गराएको छ ।

कमलपोखरीमा गणगौर उत्सव, दीपो उत्सव, आरती, प्रवचन र फूलको होली हुने कार्यक्रम छ ।

ऐतिहासिक कमलपोखरीलाई विश्वसामु चिनाउन र पर्यटक आकर्षण गर्नका लागि कमलपोखरीमै कार्यक्रम गरिएको संघले जनाएको छ ।

राणी सती देवीलाई मारवाडी समुदायले आफ्नो कुल देवताकोरुपमा पुज्दै आएका छन् ।