
काठमाडौं, फागुन १४ । एनसेल विस्फोटमा सहभागीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानकर्षण गराएको छ ।
चेम्बरले विज्ञप्ति जारी गरी एनसेल प्रालिका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आक्रमणकारीलाई कारबाहीका लागि माग गरेको हो ।
साथै, नागरिकको सुरक्षाको प्रत्याभूति गराउनपनि चेम्बरले अपिल गरेको छ ।
चेम्बरले बैंकको ऋणबाट निजी क्षेत्रले लगानी गर्न एवं व्यवसाय विस्तार गर्ने अवस्था नभएको भन्दै ब्याजदर वृद्धिलाई निरुत्साहित गर्न उपयुक्त पहलकदमी लिनपनि सरकारलाई आग्रह गरेको छ ।
यसका साथै करमा देखिएको समस्या समाधान, ऐन–कानुनमा सुधार गरी लगानीको वातावरण निर्माणका लागि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्