Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीको तयारी करिब पूरा


0
Shares

काठमाडौं, फागुन १४ । प्रांगारिक कृषिउपजबारे जानकारी गराउने उद्देश्यले आयोजना गर्न लागिएको राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीको तयारी करिब पूरा भएको जनाइएको छ ।

सरकारले आयोजना गर्न लागेको प्रांगारिक कृषि मेला प्रदर्शनी यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरस्थित जावलाखेल मैदानमा हुन लागेको हो ।

विषादीयुक्त खानाले विभिन्न रोग देखापरेको भन्दै प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न प्रदर्शनी गर्न लागेको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले जनाएको छ ।

अधिक रासायनिक मल एवं विषदीको प्रयोगलाई निरुत्साहित गर्न उपभोक्ता एवं कृषकलाई जागरुक गराउनपनि मेला आयोजना गरिएको बताइएको छ ।

३६ लाख २ हजार रोपनी बढी क्षेत्रफलमा अर्गानिक खाद्यवस्तु उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।