राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट-नेपालथोक सडक खण्डमा पर्ने सुनकोशी गाउँपालिकाको भलायोटार भीर सडकमा सुख्खा पहिरो गएको एक महिना बित्दासमेत मर्मत नहुँदा यातायातका साधनको जाम र जोखिम हट्न सकेको छैन ।
बनेपा-सिन्धुली-बर्दिवास सडक आयोजनाले पहिरो गएको सडकलाई तत्कालै मर्मत गर्न जिम्मा लिएको थियो ।
तर ढिलासुस्तीका कारण वीपी राजमार्गको यात्रा कष्टकर भएपछि सवारी साधनको आवागमनमा समेत कमी आएको छ ।
भत्केको सडकको मर्मत गर्न ढिला हुँदा वीपी राजमार्गमा संचालन हुने सार्वजनिक तथा निजी सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।










प्रतिक्रिया दिनुहोस्