
काठमाडौं, फागुन १४ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा सोमबार आएको सुधार एक दिनपनि टिक्न सकेन । मंगलबार पुनः बजार ओरालो लाग्यो ।
अघिल्लो दिन ७ अंकले बढेको बजार यसदिन पुनः सातै अंकले ओरालो लागेर ११ सय २ कायम भएर थामिएको हो ।
कारोबारपनि अझै खुम्चियो । कारोबार भएका सबै समूह ओरालो लागे ।
निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ४५ अंकको गिरावट आयो । जीवनबिमा समूह ३१ अंक र होटल समूहमापनि २६ अंकको कमी आयो । उत्पादनमूलक र लघुवित्त समूहपनि दोहोरो अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ६ लाख ५३ हजार कित्ता सेयर १६ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्