२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


‘ओबीआर’बाट फाइदा लिन सक्नुपर्छ : दाहाल


0
Shares

काठमाडौं, फागुन १४ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘कनेक्टिभिटी’ बढाउन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ महत्वपूर्ण हुने बताएका छन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ : नेपाल कनेक्टिङ दी वर्ल्ड’ अवसर र चुनौती विषयक दुईदिने सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमापनि यस परियोजनाबाट फाइदा पुग्ने दाबी गरे ।

राजनीतिक परिवर्तनबाट देशमा स्थीर सरकार आएको भन्दै उनले सरकारले अब विकासका काममा गति लिनुपर्ने बताए ।

देशमा लगानीको वातावरण रहेको उनले दाबी गरे ।