Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


औषधि उद्योगलाई आत्मनिर्भर बनाउन जोड


0
Shares

फाइल फोटो

ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन संशोधन गर्न लागिएको बताए ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औषधि व्यवसायमा धेरै परिवर्तन गर्न जरुरी रहेको बताए ।

औषधि उत्पादक संघका उपाध्यक्ष दीपक दाहाल, फार्मेसी परिषद्का अध्यक्ष केशवध्वज जोशी, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल प्रहरीका लागुऔषध ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यात, औषधि बिक्री प्रबन्धक संघका अध्यक्ष सुरजीत दत्तलगायतले औषधि व्यवसायीले नाफाको दृष्टिकोणले मात्र काम गर्न नहुने बताए । रासस