२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुन्छ : मन्त्री खनाल


0
Shares

काठमाडौं, फागुन १४ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै उनले किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यता अन्त्यका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको दाबी गरेका हुन् ।

किसानले उत्पादन गरेका दूध र तरकारीको बजार व्यवस्थापनका लागि देशैभर भन्डारण गृह र संकलन केन्द्र स्थापनाका लागि योजनाबद्ध प्रयास भइरहेको उनले जानकारी दिए ।

मन्त्री खनालले कृषि उत्पादन दोब्बर बनाउने कार्ययोजनाका साथ काम भइरहेको बताए ।

उनले सिँचाइ, मल र बीउ उपलब्ध गराउने तथा बाँझो जमिनको समस्या समाधान र श्रमशक्ति पलायन हुनबाट रोक्ने प्रयास गरिएको बताए ।

उनले योगदानमा आधारित राहत, किसान परिचयपत्र र मलको व्यवस्था गर्न लागिएको उल्लेख गरे ।