
सन्थालको बाहुल्यत रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको फिल्म बोनोदल हेरेपछी जुरिहरुले निर्देसक लगायत फिल्मको तारिफ पनि गरेको छ ।
फिल्म सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देशक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए ।
‘मैले पाएको यो सफलताले मेरो मात्र हैन देशको नाम पनि मैले विश्वमा चिनाउने मौका पाएको छु ।’ झारखण्डको यो फिल्म फेस्टिवल पनि अत्रराष्ट्रीय स्तरको भएको उनले बताए।
क्षेत्रिय चलचित्र र म्युजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतिवडाले बताए ।
‘सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनको अध्यायन पछि मात्रै चलचित्र बनाएको हुँ’ खतिवडाले भने, ‘चलचित्रले सन्थाल समुदायमा विद्यमान ‘माझिहडम’ प्रथा प्राथमिकता दिलएको छ ।’
सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् ।
सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको समेत अभिनय बोनोदलमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्