Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


काभ्रेमा विश्वका २८ देशका सैनिकः यस्तो तालिम लिदैंछन नेपाली सेना(भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

यसबीचमा हजारौं नेपाली सैनिक विश्वका विभिन्न स्थानमा हुने द्वन्द्व समाधानमा संलग्न रहेका छन् । देश बाहिर द्वन्द्वरत पक्षलाई समेत मन बुझाएर शान्ति कायम गराउन भूमिका खेल्नु चानचुने विषय पक्कै होइन ।

यस्ता मिशनमा सहभागि हुनेले कस्तो भूमिका निर्वाह गर्लान् भन्नेचाहीं आम मानिसलाई थाहा नहुन सक्छ ।

काभ्रेको पाँचखालमा विश्वका २८ देशका सैनिकलाई एकै ठाउँमा भेला गरेर नेपाली सेनाले शान्ति सेनामा संलग्न हुनेले गर्नुपर्ने कामका बारेमा तालिम दिइरहेको छ ।

यो कुनै सत्य घटनाको दृष्य होइन । यो त विश्वका द्वन्द्वरत मुलुकमा राष्ट्रसंघको छाताअन्तर्गत शान्ति कायम गराउन जाने सैनिकले कसरी काम गर्नुपर्छ भन्ने सिकाउन आयोजना भएको तालिमका दृष्यहरु हुन् ।

जुन नेपाली सेनाको प्यासिफिक कमाण्डको सहआयोजनामा काभ्रे पलाञ्चोकको पाँचखालमा भइरहेको छ । यस अभ्यासमा नेपालसहित २८ राष्ट्रका सैनिक सहभागि छन् ।

नेपाली सेनाले बिश्व शान्ति स्थापनामा पुर्‍याउँदै आएको योगदान सह्रानीय रहेकै कारण नेपाली सेनाले यस बर्ष पनि अभ्यास तालीम नेपालमा आयोजना गर्ने अवसर पायो ।

यसअघि पनि यस्तो तालिम नेपाली सेनाले दुइ पटक आयोजना गरिसकेको थियो । जुन अनुभवले यो अभ्यास तालिम कुशलतापूर्वक गराउन सघाएको छ ।

तालिममा २८ मुलुकका सैनिक कमाण्डरदेखि जवानसमेत सहभागि छन् । शान्ति स्थापना कार्यमा खटिनुपूर्व राष्ट्रसंघको बहुराष्ट्रिय बातावरणमा एकापसमा समन्वय र सहकार्य कसरी गर्ने भन्ने विषय यस तालिममा सिकाइन्छ ।

तालिमका लागि बिभिन्न ६ लेन बनाईने गरिएको छ । नेपालसहित विश्वका विभिन्न देशका विज्ञले २८ मुलुकका ११ सय ३१ जना सैनिकलाई तालिम दिइरहेका छन् ।

जसमा स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, क्रिटिकल इन्याब्लर एण्ड क्यापेबिलिटी इन्हान्समेन्ट गरी तीन किसिमका तालिम समावेश गरिएको छ । यस्तै रिजनल ट्रेनिङ सेमिनार पनि आयोजना गरिन्छ ।

नेपाली सेनाले आयोजना गरेको तालिमप्रति अमेरिकी सेनाका डेपुटी प्रोग्राम म्यानेजर स्टेभन ताकेकुशी र बंगलादेशका बिग्रेडिएर जनरल साफाएत हुसेन पनि दंग देखिन्छन् ।

अपहरण होस वा राहत बितरण या कुनै अप्रिय घटना । शान्ति स्थापनाका लागि तम्तयार अवस्थामा रहेका यी सैनिकले अप्रिय घटना हुन नदिन गरेको प्रयासको दृष्य साँच्चिकै आकर्षक देखिन्थ्यो ।

नेपाली सेनाले यसै प्रयोजनका लागि जवानदेखि उपल्लो दर्जाका गरी १ सय ३५ जनालाई दुई महिनाअघि नै शान्ति प्रयास अभ्यासमा सामेल गराएको थियो ।

अभ्यासबाट आत्मसन्तुष्टी मिलेको अनुभव शान्ति प्रयासका लागि नेपाली सेनाका कमाण्डर प्रयोगबिक्रम राणाको छ ।

गाउँमा हुने लुटपाट होस वा कुनै क्षेत्रमा प्रवेश गर्न, जो कोहीलाई पनि यस प्रकारको सीमा पार गर्नु पर्ने प्रावधान अभ्यासका क्रममा सिकाइयो ।

यस प्रकारको सैन्य तालिमबाट छिमेकी मित्र राष्ट्रहरुबीचको सैनिक सम्बन्ध अझ बलियो बनाउन पनि थप मद्दत पुग्ने त छँदैछ ।