Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली


0
Shares

विक्रम संवत् २०९९ सम्ममा देशलाई समृद्धिको बाटोमा कहाँ पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले सोमबार राजधानीमा बुद्धिजीवीहरुसँग छलफल गर्दै ओलीले ‘राजनीतिक परिवर्तन गर्नसक्ने नेपालीहरुले समृद्धि पनि आफैं गर्न सक्छन् भन्ने पुष्टि गर्नेबेला आएको छ’–भने ।

अबको २५ वर्षभित्र देशलाई समृद्ध बनाउन दलीय स्वार्थबाट माथि उठ्न जरुरी रहेको भन्दै उनले नेकपा एमालेले राष्ट्रिय हितका लागि दलीय आग्रह नराख्ने जिकिर गरे ।

आर्थिक विकासका लागि १० वर्ष नै पर्याप्त हुने भन्दै ओलीले कृषि, ऊर्जा क्षेत्र, सूचना–प्रविधि र पर्यटन क्षेत्रको विकास गरेर देशलाई २५ वर्षभित्र समृद्ध बनाउन सकिने धारणा राखे ।

कार्यक्रममा पूर्वराजदूत रामेश्वर आचार्यले पूर्वविशिष्ट व्यक्तिहरुलाई दिइने सेवा–सुविधा तत्काल कटौटी गर्न सुझाव दिए ।

उनले राजनीतिक नेतृत्वले भारत र चीनसँगको नेपालको प्राथमिकता के हो भन्ने प्रस्ट गरेर राष्ट्रियनीति बनाउनुपर्ने बताए ।

त्यस्तै, कानुनविद् काशीनाथ दाहालले ‘योजना नै नबनाइ रातरात विकास गर्छु भन्ने मानसिकतामा नै समस्या छ’–भने ।

कार्यक्रममा सहभागी बुद्धिजीवीहरुले राष्ट्रिय आवश्यकता बुझेर काम गर्न सुझाव दिएका थिए ।

 

Skip This