२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


लोकगायिका कविता आलेको एकल साँझ सम्पन्न


0
Shares

सांस्कृतिक संस्थान र नेपाल मगर सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा गायिका आलेले आफ्ना चर्चित लोकगीतहरुको प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा ‘उठी खर काटौं बसी खर काटौं’, ‘बरको छायाँ’, ‘जलेवाले’, ‘सरमा सर’लगायत दर्जन बढी लोकगीत उनले गाएकी थिइन् ।

कार्यक्रममा गायिका आलेसहित गीत–संगीतको क्षेत्रमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।