Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


भारतले सीमामा खनेको कुलो सशस्त्र प्रहरी बलले पुर्न लगायो


0
Shares

कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो ।

‘उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए,’ प्रहरी निरीक्षक पालले भने, ‘सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हौं ।’

अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र यस्ता कुनै पनि कार्य गर्न पाइँदैन । यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताए । (रासस)