
अत्याधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुबैको अवस्था गम्भीर भएको छ ।
खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।
‘अत्याधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो,’ डिएसपी कँडेलले भने, ‘छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी गहिरो चोट लागेको छ, घटना ज्यान लिने उद्देश्यले भएको छ ।’
यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्