
सोमबार राति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् ।
एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत हाता पारिन् । ताजसँगै सुष्माले रु ५० हजार नगद पुरस्कारसमेत प्राप्त गरिन् ।
सो प्रतिस्पर्धामा फस्ट रनरअप रेनु तामाङ भइन् भने सेकेन्ड रनरअपमा आना ढकालले ताज उचालिन् । ताजसँगै उनीहरुले पनि क्रमश रु ३० हजार र रु २० हजार नगद प्राप्त गरे ।
‘मिसेस चितवन २०१७ को प्रतिस्पर्धाले नारी सशक्तिकरणमा कस्तो भूमिका खेलेको छ ?’ पहिलो मिस नेपाल रुवी राणा शाहले लिखित प्रश्न सोधेकी थिइन् ।
उत्तरमा सुष्माले भनेकी थिइन्–‘यो मिसेस चितवन २०१७ एउटा यस्तो अवसर वा मञ्च हो, जसले नारीभित्र लुकेर तथा गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समयअनुसारको सत्यतालाई सहज अगाँल्नसक्ने जीवनशक्तिका आधारको ऊर्जालाई थप प्रोत्साहन दिन्छ । ‘फलस्वरुप नारी सशक्तिकरणमा यसको उल्लेखनीय अनि अदुभूत भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’
यसअघि, निर्णायकको सामाजिक सञ्जाल (सोसल नेटवर्क)को सकारात्मक र नकारात्मक पक्ष के–के हुन् ? भन्ने प्रश्नमा उनले सहज र सटिक उत्तर दिइन् ।
उनले भनिन्–‘सकारात्मक र नकारात्मक मानिसको प्रवृत्ति हो । जसले जसरी लिन्छ, त्यस्तै फल पाउँछ । सही तरिकाले सकारात्मक ढंगले लियो भने सफलता पाउछ, नकारात्मक हिसाबले लियो भने दुर्घटना निम्त्याउँछ ।’
थप प्रष्ट्याउँदै भनिन्–‘सकारात्मक पक्षलाई जोड्नुपर्दा हाम्रा प्रियजन्, आफन्त जो देशबाट टाढा रहनुभएको छ, उहाँहरुसँग मीठो कुराकानी, देश–विदेशको कुनाकाप्चामा भइरहेको कुरालाई तत्काल जान्न र सचेत हुन सकिन्छ भने नराम्रो पक्ष भन्नुपर्दा समाजमा कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप हुने खालका क्रियाकलाप, ठगी र जघन्य अपराध र त्यो अपराध गर्ने योजनालाई यसले बढावा दिएको महसुस गरेको छु ।’
कन्फिडेन्ट अवार्ड सुष्मा तामाङ, स्माइल शान्ति शाही, इनोसेन्ट रिता थनेत, चार्मिङ ज्योतिका थापा, डिसप्लिनमा संगीता अर्यालले अवार्ड पाइन् । मिसेस क्वाटवाक रोजिना प्रधान भइन् ।
प्रतिस्पर्धामा २५ देखि ४० वर्ष उमेर समूहका १९ जना आमाहरु सहभागी थिए । तीन सन्तानकी आमासमेत प्रतिस्पर्धामा सहभागी भइन् ।
दुई महिला मीना झा र दुर्गा घिमिरेको प्रयासमा पहिलो मिसेस चितवन २०१७ प्रतियोगिता भएको हो ।
यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने चितवनका व्यवसायी गुणचन्द्र विष्टले बताए । रासस
प्रतिक्रिया दिनुहोस्