गृह मन्त्रालयमा मंगलबार अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत् हुने विश्वास व्यक्त गरे ।
राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनकाबेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाए ।
उनले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्